May 16, 2021, Sunday
२०७८ जेष्ठ २

चौरजहारी हत्या काण्डमा मुछिएका नाबालकलाई सुधार गृहमा पठाउन आदेश

392

जिल्ला अदालत रूकुम पश्चिमले चौरजहारीमा भएको हत्याकाण्डमा मुछिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको छ।जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश भएको स्रेस्तेदार क्रित बोहोराले जानकारी दिए।दुवैको थुनछेक बयान र बहस सोमबार भएको थियो। मंगलबार अरू अभियुक्तको बयान सुरू हुने जिल्ला अदालतले जनाएको छ।