July 30, 2021, Friday
२०७८ श्रावण १५

असार १७ देखि आन्तरिक उडान सुरु

157

सरकारले कोरोना भाइरस संक्रमण बढेपछि रोकिएको आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खुलाउने तयारी गरेको छ । अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको हो ।

विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ । नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछ ।