November 28, 2020, Saturday
२०७७ मंसिर १३

भारत र चीनका सेनाबीचकाे झडपमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुग्यो 

969

घटनामा ज्यान गुमाएकाहरु

भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ ।

तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् ।

भारतीय सेनाले मृतकका आफन्तलाई उनीहरुको मृत्युको बारेमा जानकारी दिएपछि उनीहरुको विवरण सार्वजनिक गरेको हो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र चीफ अफ डीफेन्स स्टाफ सहित सेनाध्यक्ष सहित उच्च सुरक्षा अधिकारीहरुसँग वैठक समेत गरेका छन्। अन्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Recent Update