January 20, 2021, Wednesday
२०७७ माघ ७

अलपत्र नेपाली ल्याउन नेपाली जहाज २१ तारिखमा साउदी र २४ तारिखमा बहराइन जाँदै

484

कोरोना भाइरस महामारीको कारणले साउदी अरबमा अलपत्र परेका नेपालीहरुकाे स्वदेश फिर्ता कार्यक्रमकाे प्रक्रिया सुरु भएको छ ।हवाई सेवा बन्द अबरुद्ध हुदा अलपत्र परेका नेपालीको उद्दारका लागी चार्टर विमान साउदी अरब र बहराइन जान लागेका हुन । नेपालीको उद्दारका लागि आउदो जुन २१ तारिखमा साउदी अरबको रियादमा हिमालयन एयरलाइन्स जाने कन्फम भएको छ ।उक्त व्यवस्थापनकाे जिम्मा Gilt Travels and Tours Pvt.Ltd र Geoland holidays and tours pvt.ltd ले पाएका छन । नेपाली दुताबास रियाद साउदले नेपाल सरकार बाट निर्धारण गरिएकाे मापदण्ड तथा प्रक्रिया अनुसार प्राथामिकताका आधारमा स्वदेश फर्कनेहरुको सुची पनि प्रकाशित गरेको छ।

नेपाली दुताबास रियाद ले सूचना प्रकाशित गरि हवाई टिकटको लागी वाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का सुरेशराज त्रिपाठी, टेलिफोन नं +00966 580596140 , +00966 553101644 (Whats App) ईमेल ठेगाना: sureshrajtripathee77@gmail.com मा सम्पर्क गरी टिकट बुकिङ गर्न जानकारी दिएको हो। हवाई भाडा अमेरिकी डलर 465 (साउदी रियाल करिब १७४४.००) रहेको जनाएको छ ।

यात्रुहरुले काेराेना भाइरस नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने जनाउदै दुताबास ले काेराेना भाइरस परीक्षण आफ्नो कम्पनी मार्फत गर्ने व्यवस्था गर्नुहुन पनि अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

यात्रुहरु ले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने जनाउदै दुताबास ले स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नु पुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनि कागजातमा हस्ताक्षर गर्नुपर्ने सुचना मा उल्लेख गरेको छ ।

यस्तै आउदो जुन २४ तारिखमा पनि चार्टर विमान अलपत्र नेपालीको उद्दारका लागि बहराइन जाने र २५ तारिखमा नेपाल फर्कने Geoland holidays and tours pvt.ltd का संचालक शरद शर्माले जानकारी दिए ।यस्तै बहराइन स्थित नेपाली दुतावासले बहराइन बाट नेपाल आउदा लाग्ने जहाज भाडा ३ सय ९२ अमेरिकी डलर वा बहराइन दिनार १ सय ४८ रहेको बताएको छ ।साथै नेपाल सरकारले निर्धारण गरेको मापदण्डहरु पनि पुर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेको छ ।साउदी र बहराइनमा रहेका नेपाली दुतावासले नेपाल फर्कने यात्रुहरुकाे विवरण समेत सार्वजनिक गरेका छन ।
यस्तै नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक साउदीमा उडान गर्न थालेको Gilt Travels and Tours Pvt.Ltd संचालक राजेश कार्कीले जानकारी दिए ।कार्कीले भने पहिलोपटक नेपाल एयरलाइन्सको जहाज यस्तो संकटपुर्ण अवस्थामा साउदी जादै छ,अवस्था सामान्य भएपछि नियमित उडानको लागि पहल गर्नुपर्छ ।