July 30, 2021, Friday
२०७८ श्रावण १५

भीषण वर्षाको सम्भावना

160

मनसुनी  वायुको  सक्रिय प्रभावले  बुधबार बिहान देशभर मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २‚ बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानमा  भीषण तथा  एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भू-भाग र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।