July 30, 2021, Friday
२०७८ श्रावण १५

साउने पानीका अचम्मका विषेशता, प्रेम जाेडी भासिएकाे डाँडा सम्म…

816

प्युठानकाे स्वर्गद्वारीमा रहेको साउने पानी पुग्न पैदल हिडेर सारी झोल हुदै र सारी ,कोरालखर्क हुदै दुई वटा बाटो हरु छन ।करिब ५/६ घण्टा हिडेर उक्त ठाउँमा पुग्न सकिन्छ ।हेर्दा जो कोहिकाे पनि मन लोभ्याउने दृष्य र करिब ३ घण्टा पछि लिस्ने हिमाल को मनमोहन हिमालकाे दृश्यले कसको मन नलोभिएला र ? घाँसे बुट्यान,रमाइला दृश्य ,आँखै अगाडि टल्कने ,धाैलागिरी,सिस्ने हिमालकाे दृश्य अवलोकन गर्दै पैदल हिडेर साउने पुग्नुकाे मज्जाकाे बेग्लै आनन्द ।

साउने पानी बाट रोल्पा,रुकुम पुर्व पश्चिम , प्यूठान का अधिकाशं ठाउँहरु खाली आखाँले सजिलै अवलोकन गर्न सकिन्छ । साउने पानीका आफ्नै बिशेषता छन। १२ महिना चिसो हावा, वर्षातमा छिनमै पानी , छिनै मै बादल र कुहिरो ले डाँडाहरु ढकमक्क ढाक्छ । १०/१५मिनेट मै चर्को काम लाग्छ,साँचिकै विचित्रको माैसम ।यहाँ पुगेपछि प्राप्त हुने स्वर्गीय प्राकृति आनन्द लिन त साउने पानी नै पुग्नु पर्छ ।

दर्जनौँ पोखरी जसमध्ये एउटा करिब १० फिट गहिरो साउने पोखरी, पोखरीकाे नाम बाट साउने । स्थानिय ८५ बर्षिय परिमा घर्तिका अनुसार उक्त पोखरी सुरुमा बदेलले खनेर खाडल बनाएको थियो रे पछि बिस्तारै पोखरी को आकार ठुलो हुदै गएको हो। पोखरी सयौँ वर्ष पुरानो हो,पोखरी वरिपरी करिब ५०/६० घर धुरी भएको मगरको रमणीय बस्ति छ ।याे ठाउँमा घुम्न हिउँद र वर्षाद दुवै सिजन उपयुक्त नै मानिन्छ ।आत्मराम घर्ति मगर अनुसार उक्त पोखरी सरसफाई र रेखदेख उनका बाजे प्रतिराम घर्ति ले गर्दै आएका थिए रे ।तर उनको मृत्युपछि पोखरीको सरसफाई गर्ने कोहि छैन ।स्थानीयका अनुसार १ सय ७ वर्ष पहिले एक जना आन्नद प्रसाद शर्मा पण्डितले यस भूमिलाई स्वर्गद्बारी महाप्रभु बसेको स्थान हो ।

यहाँ महाप्रभुले भुजा गरिएका ढुङगामा चिनारी हरुकै खोज अनुसन्धान गरेका थिए ।उक्त ठाउँमा केहि पुजा गरिएको ढुङगा होम गरिएको ठाउँ अहिले पनि हामी देख्न सक्छौ। आन्नद प्रसाद शर्मा भन्छन् । ६ महिना सम्म उक्त ठाउँमा एउटा मन्दिर बनाउनु पर्छ, र साउने पोखरी को नाम आन्नद कुण्ड राख्नुपर्छ आदि भनेको किंवदन्तीहरु पाइन्छन् ।

सधै पानीको समस्याले झेलिरहेका साउने पानीका बासिन्दा कहिले पानी पर्छ अनि आफुले खाने,गाईबस्तुलाई खुवाउने,बालीनाली लगाउन कठिन हुन्थ्यो ।आकाश बाट कहिले पानी पर्छ भनेर पर्खाईमा बस्ने गर्थे स्थानीयहरु असार/साउन तिर पानीको मुल फुटेर दर्जनौँ पोखरीमा पानी जम्मा हुन्थ्यो ।त्यहि कारणले गर्दा उक्त ठाउँलाई साउने पानीको नाम राखिएको हो।

उक्त ठाउँमा एउटा अहिले पर्यटकिय स्थलकाे रुपमा चिनिदै छ । हरेक वर्ष साउने पोखरीमा हरिया चुरा लगाएर प्यूठान र रोल्पा खुङग्री बाट केहि महिला दिदीबहीनीहरु उक्त पोखरीमा पुजा गर्न पुग्छन् ।साउन महिनामा उक्त पोखरीको पानीले नुहाएपछि पाप हराउँछ भन्ने धार्मिक मान्यता समेत मानिसहरुमा छ । साउने पानी देखि करिब १०मिनेट तल झरेपछि दुईवटा ठुला ढुङगा हरु छन जसलाई दुलाह-दुलहि को नामाकरण गरिएको छ।

स्थानीयका अनुसार एउटा प्रेम जोडि डाँडामा बसिरहेको बेलामा उक्त ठाँउ भासिएको थियो रे ।त्यो दिनबाट उक्त ठाँउका दुईवटा ढुङगा लाई दुलाह-दुलहि भनेर चिनिन्छ।लिस्ने लेक र साउने पानी घुम्न र अवलोकन गर्न जाने प्रेम जोडि त्यो ढुङगा हेर्न पुग्छन। ठुला आकारको सुन जस्तो देखिने चम्किलो ढुङगा अति आकर्षक देखिन्छ।आजभोली प्यूठान बाट साउने डाँडामा घुम्न जाने जन्मदिन को अबसर पारेर मान्छेहरु को आपतजावत बढि देखिन्छ। युवाहरु भन्छन यस ठाउँलाई पर्यटकिय स्थल बनाउनु पर्छ भन्ने हाम्रो माग हो, तर स्थानीयहरुको साथ बिना सम्भव छैन।

पानीको समस्याले झेलिएको साउने पानीमा अहिले स्वर्गद्धारी नगरपालिका ५ अध्यक्ष हिरामणि भण्डारीकाे पहलमा उक्त ठाउँमा कच्ची मोटर बाटो पुगेको छ । बिस्तारै खानेपानी र स्थानीयका थुप्रै समस्याहरु हल भएको देख्दा स्थानीय हर्षित छन । स्थानीय सरकारले उक्त ठाउँ प्रवर्द्धनकाे लागि पहल गरिरहेकाे जनाएको छ । शब्द तस्बिर :बिन्दु कुँवर