January 21, 2021, Thursday
२०७७ माघ ८

बिहिवार थपिए ६ सय ७१ जना काेराेना संक्रमित

135

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यी सहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए। पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्।उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।