October 24, 2020, Saturday
२०७७ कार्तिक ८

पीडितको पक्षमा नि:शुल्क बहस गर्दै अधिवक्ता बाबु छोरा

8.1K

बहसकाे लागि शुक्रबार जिल्ला अदालत रुकुम पश्चिम मा बाबू डाक्टर नवराज गाैतम र छाेरा आरसी गाैतम

जीवनमा बाबु छाेरा एउटै पेशामा आबद्ध हुने संयाेग थाेरैलाई हुन सक्छ । यस्तै संयाेग परेको छ अधिवक्ता आरसी गाैतम र डाक्टर नवराज गाैतमलाई ।आरसी छाेरा हुन भने नवराज बुवा हुन ।यी बाबू छाेराले आइतबार बाट जिल्ला अदालत पश्चिम रुकुममा चाैरजहारी घटनाकाे पिडितकाे पक्ष बाट नि:शुल्क बहस गर्दै छन । गएको जेठ १० गते चाैरजहारी नगरपालिका ८ मा जाजरकोटका ६ जना युवाहरूको ज्यान जाने गरि भएको घटनाको आइतबार बाट थुनछेक बहस हुदै छ ।

शुक्रबार थुनछेक बहस हुने भनिएको भए पनि पाँच जना सरकारी वकिलकाे बहसमा समय खर्च हुदा आइतबार मात्रै थुनछेक बहस हुनेछ । उक्त बहसकाे लागि बादि र प्रतिवादीकाे पक्षमा बहस गर्न धेरै अधिवक्ताहरु रुकुम पुगेका छन । रुकुम मुसिकाेट नगरपालिका १ घर भएका आरसी गाैतम पनि केही दिन अगाडि मात्रै काठमाडौ बाट घटनामा हत्या भएका नवराज विक सहित अन्य पिडितकाे पक्षमा बहस गर्न रुकुम पुगेका हुन ।काठमाडौ कार्यक्षेत्र बनाएर बहस गर्दै आएका आरसीकाे लागि याे घटनाकाे बहस ऐतिहासिक अनुभव बन्ने छ । जन्म दिने बाबा सँगै पहिलो पटक पिडित पक्षकाे तर्फबाट बहस गर्दै छु मेरो लागि याे नयाँ अनुभुती पनि हुनेछ आरसी भन्छन । बाबाले पनि पिडितकाे तर्फबाट बहस गर्दै हुनुहुन्छ हामी दुवैले निशुल्क बहस गर्ने छाै आरसीले भने ।

आरसीका वुवा पुरानो वरिष्ठ अधिवक्ता तथा रुकुमको पहिलो बिद्यावारीधि गर्ने डाक्टर नवराज गाैतम हुन ।उनलेे २०३६ साल देखि रुकुम जिल्लामा बहस गर्दै आएका छन भने आरसीले बहस गर्न थालेको सात बर्ष पुग्यो । चाैरजहारीकाे दुखत घटनाले बाबुछाेरालाई सँगै बहस गर्ने अवसर जुराइ दिएकाे हाे ।याे पेशा हाे, याे घटनामा बाबू छाेरा पिडितकाे पक्षमा बहस गर्दै छाै,समयले कहिलेकाही बाबू बादिकाे, छाेरा प्रतिवादीकाे पक्षमा बहस गर्ने दिन पनि आउन सक्छ डाक्टर नवराज भन्छन । धेरै खुसी लागेको छ, एउटै पेशमा सँगसँगै बाबुछाेरा वकालत गर्ने मेरो लागि पनि नयाँ अनुभव हाे डाक्टर गाैतम भन्छन् ।

परिवारमा डाक्टर नवराजका ४ जना अधिवक्ता

वरिष्ठ अधिवक्ता डाक्टर नवराज गाैतम र अधिवक्ता आरसी गाैतम

छाेरा आरसी सँग पहिलो पटक बहस मात्रै संयाेग हाेइन डाक्टर नवराजकाे लागि, परिवारका चार जना नै अधिवक्ताकाे परिवार अर्को राेचक विषय छ । एक छाेरी रमा गाैतम सहित २ छाेराहरु पनि अधिवक्ता हुन ।म डाक्टर नवराज गाैतम,छाेरी रमा गाैतम ,छाेराहरु ,बिनाेद गाैतम र आरसी गाैतम अधिवक्ता हाै डाक्टर गाैतम भन्छन । मैले रुकुम घरमै बसेर साग सिस्नाे खाएर पिएचडि पास गरे,मेरा सन्तानले पनि मलाई खुसि हुने गरि शैक्षिक सफलता हात पारे डाक्टर गाैतम भन्छन् ।छाेरी रमा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रुकुमको सभापति हुन ।चार छाेरा मध्ये दुई छाेरा अधिवक्ता भए भने जेठाे छाेरा रमेश सामाजिक संघसंस्थामा आबद्ध छन ,अर्को छाेरा मधुसूदनले पनि कानुनी शिक्षा पास गरेपनि सरकारी जागिरे भएकाले बहस गर्न मिलेन ।

Recent Update