July 30, 2021, Friday
२०७८ श्रावण १५

जन्म दिनकाे अवसरमा जाेशीद्वारा आपतकालीन राहतकाेषकाे लागि आर्थिक सहयोग

94

मानवीय सेवामा अनेक प्रयास (साइन नेपाल ) संस्था कैलालीका अध्यक्ष भक्तराज जोशीले समस्यामा परेका मानिसहरुकाे सहयोगका लागि मानव अधिकारवादी संस्था फ्रिडम फर अल नेपाल (फान) मा राहत काेषकाे लागि १९ हजार ५ सय आर्थिक सहयोग गर्नु भएको छ । आफ्नो ४८ ओै जन्म दिनको अवसरमा जाेशीले उक्त रकम सहयोग गर्नु भएको हाे ।

फानकाे उपाध्यक्ष समेत रहनु भएका जाेशी मानव अधिकार तथा मानवीय उद्वारका क्षेत्रमा विभिन्न तरिकाबाट सहयोग गर्दै आउनु भएको छ ।विषेश गरि सुदुरपश्चिमका पहाडी जिल्लामा महिला तथा बालबालिकाकाे क्षेत्रमा काम गर्दै आउनु भएका जाेशीले फानलाई उचाइ दिन अझै कट्टीबद्व हुने बताउनु भयो ।मानव अधिकार तथा सामाजिक न्यायकाे क्षेत्रमा विगत देखि अनवरत रुपमा लाग्दै आउनु भएका जाेशीका धेरै सृजनात्मक कार्यहरु छन् ।

यस्तै जाेशीले जन्म दिनकै अवसरमा तेजु स्मृती अक्षयकोष स्थापना लागि आर्थिक तथा २१ जना विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।आफ्नो ४८ औं जन्मदिनको अवसरमा डाेटीकाे दिसिनपा -८ लडागडामा रहेका २१ जना विपन्न परिवारलाई सोही ठाँउमा पुगेर खाद्यान्न र अक्षयकोष स्थापनाका लागि आर्थिक समेत सहयोग गर्नु भएको हाे ।

जोशीले प्रतिब्यक्ति २५ किलाे चामल,२किलो कालाे दाल ,१ लिटर खाने तेल, १ प्याकेट सोयबिन र १ किलाे आयोडिन नुन वितरण गर्नु साथै ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि १५ हजार १ सय ६० रुपैयाँ नगत नेपाल प्रेस युनियनका उपाध्यक्ष चक्र कुवरलाई हस्तान्तरण गरेका छन् ।