July 30, 2021, Friday
२०७८ श्रावण १५

नेपाल काेरिया सस्तोमा उडान भर्छु भन्ने सिंगापुर एयरलाइन्सले अनुमति पाएन

2.6K

मन्त्रिपरिषद्को निर्णयपछि नेपाल सरकारले अघिल्लो साताबाट सीमित संख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति दिने निर्णय गरेपनि सिङ्गापुर एयरलाइन्सले उडान अनुमति नपाएको बताएको छ ।

कोरियाबाट सिङ्गापुर  ट्रान्जिट हुँदै नेपाल उडानको लागि उक्त एयरलाइन्सले निवेदन दिएको थियो। उक्त एयरलाइन्सले अन्य उडानको भन्दा तेब्बर सस्तोमा उड्न तयार भए पनि उडान अनुमति नदिँदा पाएन ।

यदि सिंगापुर एयरलाइन्सले अनुमति पाएकाे भए नेपाल आउने तयारीमा रहेर काेरियामै अड्किएका थुप्रै नेपालीहरु सत्ताे टिकटदरमा फर्किन पाउथे । स्रोतका अनुसार आर्थिक चलखेलका कारण सत्ताे भाडामा यात्रु बाेक्ने एयरलाइन्सले अनुमति नपाएको बताइएको छ ।