April 11, 2021, Sunday
२०७७ चैत्र २९

आइतबार राति नेपाल एयरलाइन्सको जहाज बहराइन उड्याे

268

कोरोना भाइरस महामारीको कारणले बहराइनमा अड्किएका नेपालीहरुलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज आइतबार साँझ बहराइनकाे लागि उडेको छ । जहाज साेमबार करिव एकसय पचास जति नेपालीहरु बाकेर काठमाडौ फिर्ता हुनेछ । बहराइनमा अडकिएका नेपालीको उद्दारका लागि हाम्रो साथ आमाको काख नामक अभियानले मुख्य पहल गरेको थियो । यस्तै संयाेजन बहराइन स्थित नेपाली राजदुत पदम सुन्दासले गरेका थिए । १ सय पचास जना नेपाली फर्कने तयारी भए पनि उक्त संख्या भने अन्तिम टुंगो लागेको छैन ।केही कारणले संख्या तलमाथि हुन सक्ने बताइएको छ ।नेपाल ट्रेड युनियन बहराइनका महासचिव थाेमस कुलुङले राम्रो प्रयासपछि घर फर्कन पाउँदा नेपालीहरु खुसि भएको बताए ।

जहाज चार्टरकाे व्यवस्थापनकाे जिम्मा पाएकाे Geoland holidays and tours प्राइभेट लिमिटेडका संचालक शरद शर्माले आइतबार २ सय ४७ जना नेपाली साउदी बाट ल्याएर नेपाल एयरलाइन्सको जहाज साँझ बहराइन उडेको बताए । नेपाल एयरलाइन्सले साउदीमा पनि पहिलो पटक उडान भरेकाे हाे ,बहराइन पनि पहिलो पटक हाे शर्माले भने ।व्यावसायि शर्माले भने नेपाल एयरलाइन्सले यस्ता मुलुकहरुमा नियमित उडान गरे धेरै सहज हुनेछ ।करिव ३० हजार नेपालीहरु बहराइनमा कार्यरत छन ।अलपत्र परेका नेपालीहरुलाई घर फर्काउनकाे लागि प्रवासी एकता मञ्च ,एनआरएन,नेपाल ट्रेड युनियन ,नेपाली जनसम्पर्क समिति लगाएत बहराइन स्थित धेरै नेपाली संघसंस्थाले सहकार्य गर्दै आएका थिए ।