July 30, 2021, Friday
२०७८ श्रावण १५

आइतबार बिहान ब्राजिल र अर्जेन्टिना भिड्दै

76

कोपा अमेरिका फूटबलको उपाधिका लागि भोलि बिहान ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार विहान पौने ६ बजे यो खेल शुरु हुनेछ । यो प्रतिस्पर्धालाई दुई स्टार लियोनल मेस्सी र नेयमारबीचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको छ ।

स्टार स्ट्राइकर मेस्सीले क्लब फूटबलमा सबै उपाधि जिते पनि राष्ट्रका लागि भने अहिलेसम्म कुनै पनि ठूलो उपाधि उचाल्न सकेका छैनन् । १४ पटकको विजेता अर्जेन्टिना २९ औं पटक फाइनलमा पुगेको हो ।ब्राजिलले भने नौ पटक उपाधि जितेको छ । दक्षिण अमेरिकी फूटबलका दुई शक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिना अहिलेसम्म १ सय ११ पटक भिडेका छन् । जसमा अर्जेन्टिनाले ४० र ब्राजिल ४६ खेल जितेको छ ।बाँकी २५ खेल बराबरीमा सकिएका छन् । कोपामा भने ब्राजिलको इतिहास बलियो छ । कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन ।