July 30, 2021, Friday
२०७८ श्रावण १५

आयोजक ब्राजिललाई हराउँदै मेसीको अर्जेन्टिनालाई २८ बर्षपछि कोपा अमेरिका

195

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।