June 17, 2021, Thursday
२०७८ असार ३

साेमबार नेपालमा थपिए ५ सय ३५ जना नयाँ संक्रमित

237

साेमबार ५ सय ३५ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ९ हजार ५०० नाघेको छ ।मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५, १५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२ ,१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५ , ५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २ , २ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।