July 30, 2021, Friday
२०७८ श्रावण १५

एनआरएनए दक्षिण काेरिया छि-छि भन्ने ठाउँमा पुगेन र?

2.8K

यज्ञराज सुवेदीले नेतृत्व गरेको एनआरएनए दक्षिण काेरिया नामको एउटा ग्रुपकाे कार्यकाल सकिएर आउदो १८ तारिखमा निर्वाचनकाे हल्ला छ।नामको अगाडि डाक्टर अनि डाक्टर पढ्दै गरेका धेरै आदरणीयहरु ,काेरियाका राष्ट्रपति सम्म चिनजान भएका अध्यक्ष ,यस्तै धेरै अन्य फुर्तिला,जाेशिला पदाधिकारी । सुरुका दिन के – के नै गर्लान् जस्ता ठुला ठुला सार्वजनिक वक्तव्य,एनआरएनए काेरियालाई यस्तो बनाउँछाै,उस्ताे बनाउछाैँ ।आखिर के बनायाे त याे टिमले अब जादा जाँदै समिक्षा गर्ने बेला भएको छ ।सुवेदीले अध्यक्षमा निर्वाचित हुँदै गर्दा साैलमा घाेषणा गरेका नयाँ नयाँ याेजना के कति पुरा गरे उनकै जिम्मा ।

तर हाम्रो नजरमा सुवेदी नेतृत्वकाे याे टिमले अरु के बनायो थाहा छैन तर इतिहासमै कहिले नमेटिने केही बेइज्जतहरु पक्कै बनाएर गयो ।काण्डै काण्डमा मुछियाे,दम्भै दम्भमा अगाडि बढ्यौं ।आलोचकलाई धम्की दियो ,मन नपरेकालाई निषेध गर्याे ।कहिले जहाज चार्टर्ड काण्डमा मुछियाे,कहिले चन्दा काण्डमा मुछियाे।नेपालीहरुका व्यक्तिगत विवरणकाे दुरुपयाेग गर्याे,आर्थिक हिनामिनाकाे आराेप झेल्याे यहि कारणले काेषाध्यक्षले राजिनामा समेत दिए ।साथै एनआरएनकाे गरिमा,ओैचित्य र महत्त्व नराम्रो सँग ध्वस्त बनायाे ।

केही काेरियाका कार्ड धारि,काेरिया भाषाको धाक,केही काेरियन पुलिस सँगकाे चिनजान ,काेरियाका कानुनी नियमको ठुटे अध्ययन यी कुराकाे घमण्डमा,अनि एनआरएनएकाे जिम्मेवार पदमा,हामीलाई कसले के गर्छ ? यस्तै आडम्बरीपनाले सुवेदी नेतृत्वलाई साथ दियो ।हामीलाई केही भनिस भने,हाम्रो बिरुद्धमा केही लेखिस भने प्रहरी लगाउछाै,अदालत लैजान्छाै,हामीलाई कम साेचेकाे? यस कार्य समितिका यस्तै धम्कीहरु नपाएका नेपाली काेरियामा कमै हाेलान ।सामाजिक सञ्जालका प्रतिक्रियाकाे रिप्लाई याे टिमले तल्लो स्तरमा झरेर दियो ,कतिपयलाई विज्ञप्ति बाट झापड दियो ।

सायद लाग्छ एनआरएनए भन्ने संस्थालाई विश्वका अन्य देश भन्दा काेरियामा यति लज्जित बनायो। अहिले एनआरएनए भन्ने संस्थालाई नेपाली समुदाय नाम नै लिन चाहादैनन्।याे संस्था प्रति आम नेपालीमा यति धेरै घृणा ,यति धेरै तिरस्कार बढ्यो ।यसको सम्पूर्ण जिम्मेवार अध्यक्ष यज्ञराज सुवेदी अनि उनको नेतृत्व रहन्छ ।चित्त नबुझेको कुरा कमेन्ट गर्ने बिचरा मजदुरलाई प्रहरीमा उजुरी गर्छाैं भनेर तर्साउने काम भयो ।अहिले यसको आक्राेश सामाजिक सञ्जालमा गालीकाे वर्षा छ ।सायद यिनै आलाेचक नेपाली थिए, उतिबेला बिपिन गुरुङलाई हराउदै सुवेदीलाई अध्यक्षमा जिताउने ? सुवेदीको कार्यकाल अपेक्षाकृत नभएपछि सर्वत्र आलोचना र गाली छ ।गत वर्ष समाचार लेखेकै भरमा पत्रकार एकजना महिला पत्रकारलाई यहि कार्य समितिले मानसिक टर्चर दियाे।उनका र अरु पत्रकारका तस्बिरहरु फेसबुकमा राखेर गाली माग गरियो ।काेरियाकाे राज्य व्यवस्था नै आफुले चलाएको जस्तो गरि दिने तिम्रो धम्की र तिम्रो घमण्ड अब पद गए सँगै सेलाएर गए ।आलोचनाहरु सहन नसक्ने ,सुझावहरु ग्रहण गर्न नसक्ने के काे सामाजिक नेतृत्व लिन तम्सनु ?

याे कार्य समिति कति निज कति साँघुरो ? कति पुर्वाग्रह पूर्ण ? कति सङकिर्ण हाे ? यहि नेतृत्वले गठन गरेको निर्वाचन समितिले झनै लाजमर्दो हर्कत गरेको छ ।जसले एनआरएनए दक्षिण काेरियालाई दुख,कष्ट गरेर यहाँ सम्म ल्याए तिनको सदस्यता नविकरण नगरिदिएर अर्को अपराध गरेको छ ।उनीहरूकाे याेगदान ,उनीहरूको लगानीलाई एक हप्ते कथित निर्वाचन मण्डलले सजिलोसँग कुल्चिनु कुनियत प्रष्ट छ ।विषेश गरि प्रवासमा कार्यरत श्रमिकहरुकाे हकहित तथा उनीहरूकाे अधिकारकाे पक्षमा काम गर्ने संस्था हाेला भनेर धेरैले एनआरएनएलाई बुझथे ।तर राम्रो बनाउछाै भन्ने यी समुहले यसको ओैचित्य मर्म र गरिमा भित्तामा पुर्याए ।संस्थालाई ढुङढुति गन्हाउने बनाए ।संस्थालाई छि -छि यस्तो पनि एनआरएनए भन्ने बनाए ।यस्तो छि छि भन्ने स्थानमा पुगेको एनआरएनएलाई पुनर्जीवित बनाउने काम आगामी कार्यसमितिले गर्छ या गर्दैन त्याे समिक्षाकाे विषय ।यहि १८ तारिख पछि आउने नयाँ नेतृत्वको कस्तो आउछन् त्यो पनि समिक्षाकाे विषय अवश्य बन्ने छ ।