July 30, 2021, Friday
२०७८ श्रावण १५

ट्याक्टरमाथि पहिरो खस्दा सहचालकको मृत्यु

78

पाल्पामा कच्ची सडकमा फसेको ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका-६ डुम्रेको कच्ची सडकमा फसेको लु४त ६६२९ नम्बरको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा बर्दियाका २७ वर्षीय सहचालक मुमलाल पुनको मृत्यु भएको हो ।

पहिरोमा परेर गम्भीर घाइते भएका सहचालक पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका का प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।