July 30, 2021, Friday
२०७८ श्रावण १५

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा

101

नेकपा (एमाले)का नेता भीम रावलले संघीय सांसद (प्रतिनिधि सभा सदस्य) पदबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन्।

उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।