April 17, 2021, Saturday
२०७८ बैशाख ४

जंगली च्याउ खादा रुकुम पश्चिममा पाँच जना बिरामी

515

बिरामीकाेे उपचार हुदै

जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा रुकुम पश्चिमको बाँफिकोटमा बुधबार पाँच जना बिरामी भएका छन् । बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खादा एकै ठाउँका २ घर परिवारका ५ जना बिरामी भएका हुन ।बिरामी हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर-४ खरखरेका ५६ बर्षका हरि बहादुर विक, २८ बर्षकी झरना विक, २० बर्षकी सृष्टि विक, ४९ बर्षकी शान्ती विक, र १० बर्षका जनक विक रहेको छन । बिहान खाना खाएका उनीहरुलाई रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो

बिरामी भएका पाँच जना मध्ये शान्ति विक र जनक विकलाई थप उपचारको लागि एम्बुलेन्समा सल्ले लगिएको छ भने बाँकी तीन जनाको अहिले स्वास्थ्य चौकी बाँफिकोटमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।