July 30, 2021, Friday
२०७८ श्रावण १५

अझै तीन दिन लगातार पानी पर्ने

100

आज काठमाडौँ उपत्यका लगायत देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । देशका धेरै स्थानमा हल्का मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मनसुन सक्रियताका कारण आजदेखि तीन दिन भारी वर्षको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।