जिल्ला अदालत रुकुमले रुकुमकाे साेती घटनाका आराेपित मध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश बिद्याराज पाैडेलकाे एकल इजलासले बुधबार इन्द्रबहादुर मल्ल,तुल बहादुर मल्ल र दिपेन्द्र चन्दलाई सामान्य तारिखमा छाड्ने र बाँकी २३ जनालाई थप अनुसन्धानकाे लागि पुर्पक्षमा राख्न आदेश गरेको हाे । यस्तै घटनामा जाेडिएकी भनिएकी प्रेमिकाकि आमालाई अदालतले एकलाख धराैटीमा छाडेको छ ।गएको जेठ १० गते जाजरकोट बाट रुकुमको चाैरजहारी ८ साेती स्थित गाउँमा आएका ६ जना युवाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले ३४ जना बिरुद्ध जिल्ला अदालत पश्चिम रुकुममा मुद्दा दर्ता गरेको थियो ।
त्यस मध्ये २९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।हाल पाँच जना आराेपित अझै फरार रहेका छन ।दुई जना नाबालकलाई केही दिन अगाडि अदालतकाे फैसलाले सुधार गृहमा पठाउने आदेश गरिसकेको अधिवक्ता आरसी गाैतमले जानकारी दिए ।उक्त घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित भएको थियो ।अन्तरजातीय विहेका कारणले युवाहरूको हत्या भएको भन्दै अझै पनि देशका विभिन्न ठाउँमा कार्वाहीकाे माग सहित दलित अधिकारकर्मीहरुले आन्दोलन गरिरहेका छन ।बुधबार दिउँसो पनि जिल्ला अदालत बाहिर दलित अधिकारकर्मिहरुले धर्ना दिएका थिए