July 30, 2021, Friday
२०७८ श्रावण १५

भिसाका कारण सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

137

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीप आज वा भाेलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछाैँ’ उनले भने ।