October 22, 2020, Thursday
२०७७ कार्तिक ७

केपी र प्रचण्ड बिचमा फेरि विवाद 

456

नेकपाका अध्यक्षद्वयलाई थाहा छ, आफूहरूबीच गहिरो समस्या छ । तर उनीहरूले त्यो समस्याको जड आफैं हो भन्ने स्वीकार्न नसक्दा एकीकृत पार्टीभित्रको मतभेद झन बढ्दै गइरहेको छ । एकअर्काविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिवरी यसले पार नलाग्ने भयो भन्ने सोचेर फेरि मिलनबिन्दु पहिल्याउने अध्यक्षद्वयको सहमति उनीहरूकै व्यवहार र शैलीले भंग गरिदिएको छ ।

यसको पछिल्लो शृंखला हो, बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु पार्टीको स्थायी कमिटी बैठक ।बैठकमा अध्यक्षद्वयले मन्तव्यको अधिकांश समय एकअर्कासँग गुनासो गरेरै बिताए । पुराना सहमति, समझदारी तथा पार्टी र सरकारका काम सम्झिए, आपसमा समन्वय नहुँदा पार्टी र सरकार झन ओरालो लागिरहेको बताए ।
प्रधानमन्त्री ओली, उनको मन्त्रिपरिषद्का सदस्यहरू र उनीनिकट मानिने नेताहरूबाहेकले सरकारका काम र त्यसको तौरतरिकालाई रुचाएका छैनन् । सरकार गठन भएयताका साढे दुई वर्ष प्रधानमन्त्री ओली र उनीवरिपरिका केही व्यक्तिको तजबिजमा मात्रै सरकार चलिरहेको र त्यसले पार्टी र सरकार दुवैको बदनाम भइरहेको गुनासो नेकपाभित्रै छ । स्थायी कमिटीको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका कामको फेहरिस्त सुनाउँदा वरिष्ठ नेता माधव नेपालले हस्तक्षेप गरेर भने, ‘सरकारले धेरै काम गरेको छ भनेर बखान नगरे हुन्छ, सडकका खाल्डाखुल्डी हेर्ने हो भने मेरै निर्वाचन क्षेत्र साँखुमा जाँदा हुन्छ । कान्तिपुर दैनिक बाट

Recent Update