July 30, 2021, Friday
२०७८ श्रावण १५

लाेकगायिका भुमिका गिरीकाे कर्मैले बिगार्छ सार्वजनिक

332

    चर्चित  लोकदोहोरी गायिका भुमिका गिरीको तिजको कोसेली कर्मैले बिगार्छ सार्वजनिक भएको छ । भुमिकाकै अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको तिज गित अरु परम्परागत तिज गित भन्दा फरक रहेको छ ।। नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदै गरेकी गायिका गिरीको र भागिरथ चलाउनेको स्वर रहेको यो गितमा भुमिका आफैले अभिनय पनि गरेकी छन् ।  उनीसँगै अभिषेक श्रेष्ठ र नारायणी क्षेत्रीको अभिनय रहेको छ । भागिरथ चलाउनेको शब्द तथा संगित रहेको सो गितको संगित संयोजन सुनिल परियारले गरेका छन् ।यस अगाडि पनि भुमिकाका चर्चित तिज गितहरु लाेकप्रिय छन ।