July 30, 2021, Friday
२०७८ श्रावण १५

आफ्नै भाइले गरे दाइको हत्या

108

सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । जिल्लाकाे वनगाड कुपिण्डे नगरपालिका- ५ खैरागारका १३ वर्षीय सन्दिप परियारलाइ आफ्नै १२ वर्षीय भाइले हत्या गरेका हुन् । उनिहरु एउटै घरका दुइ भाइका छाेरा हुन् ।

घराएसी खेलाैनाकाे विषयमा सामान्य विवाद हुँदा जुत्ता सिलाउने सियाेले हानेर भाइले दाइकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता एवं प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । मंगलबार राती ८ बजे कन्चटमा झिरले हानेपछि घाइते बनेका सन्दिपलाइ उपचारकाे लागि नेपालगन्ज लगिएकाे थियाे । उपचारका क्रममा उनकाे बुधबार बिहान सवा ९ बजे मृत्यु भएकाे परिवारले जनाएकाे छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको सल्यानका प्रहरी प्रबक्ता पौडेलले बताए।