July 30, 2021, Friday
२०७८ श्रावण १५

झलनाथ खनाललाई तीस लाख रुपैयाँ निकासा

63

नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि लागि ३० लाख रुपैयाँ निकासा भएको छ । नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् ।

नेता खनालको मिर्गौला प्रत्यारोपण गरिने एमाले नेताहरुको भनाई छ । चिवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको अर्थ मन्त्रालय उच्च स्रोतको भनाई छ ।एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै यो रकम निकासा भइसकेको छ । एमाले वरिष्ठ नेता खनालको विदेशमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय नै गैरकानूनी रहेको पाइएको छ ।