July 30, 2021, Friday
२०७८ श्रावण १५

लामाे दुरिका सार्वजनिक यातायात खुलाउने सरकारको निर्णय

309

मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुलाएको छ ।गृह मन्त्रालयले साउन ५ गते सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पठाएको परिपत्रमा उक्त व्यहोरा उल्लेख छ ।

साउन ४ गते निर्णय कार्यान्वयन गर्न क्याबिनेटबाट प्राप्त पत्रको आधारमा गृहले लोकसेवा आयोग, विश्वविद्यालयलगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएको अवस्थामा सबै यातायात खुल्ला राख्न आदेश दिएको हो ।