October 25, 2020, Sunday
२०७७ कार्तिक ९

४८ लाख खर्च गरेर बनाएको संक्रमित राख्ने अस्पताल बेकामे ,संक्रमित अलपत्र अवस्थामा

1.6K

रुकुम पश्चिममा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएका एक जना सदरमुकामको एक क्वारेन्टाइनमा त्रासबीच दिनरात बिताइरहेका छन ।उनकाे साथमा न स्वास्थ्यकर्मी छन न उनको स्वास्थ नै स्वास्थ्यकर्मीकाे निग्रानीमा छ,कतिबेला के हुन्छ उनी तनावमा छन् ।अहिलेसम्म कुनै लक्षण नदेखिए पनि उनी मानसिक तनावले झन कष्टकर दिन बिताइरहेका छन ।मुसिकोट नगरपालिका १२ का ३३ बर्षीय ती पुरुषमा गएकाे असार ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणकाे क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको क्वारेन्टाइन ल्याइएको थियो ।उनी घर बाट १३ किलोमिटर हिडेर पानीका रुझ्दै क्याम्पकाे क्वारेन्टाइनमा पुगेका थिए ।उनको स्वास्थ सुरक्षामा सराेकारवाला निकायहरु कत्ति पनि गम्भीर छैनन् । क्वारेन्टाइनकाे अवस्था र सङ्क्रमितप्रति राज्यको बेवास्ताको कारण आफू निद्राकाे ट्याबलेट खाएर निदाउने गरेको उनलेे बताए ।

कोरोना सङ्क्रमितको सुरक्षित रुपमा उपचार गर्न तयार गरिएको आइसोलेशन भने रित्तै छ । जिल्ला अस्पताल सल्लेमा झण्डै ४८ लाखको लागतमा रातारात बनाइएको आइसोलेशन अस्पताल ताला लगाइएको छ भने काेठाहरु मुसाकाे खाेर बनेका छन ।क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापनको जिम्मेवारी रहेको पालिका समेत सराेकारवाला पक्षले साथ नदिदा एक्लै अगाडि बढन सकेको छैन । सङ्क्रमितको अवस्था र क्वारेन्टाइनमा रहेकाहरुको गुनासो सुनाएपछि मुसिकोट नगरपालिकाका निमित्त कार्यकारी प्रमुख नरवीर खड्काले समस्या समाधानतर्फ लागिपरेको बताए ।

नगर प्रहरी र स्वास्थ्यकर्मी त्यस ठाउँमा खटाइएको खड्काले बताए । छिट्टै छुट्टै शौचालय बनाइने र अन्य व्यवस्था गरिने उनले भने । खड्काले केही कोरोना सङ्क्रमित डिप्रेसनको बिरामी समेत रहेको बताए ।सङ्क्रमति व्यक्ति भएकै क्याम्पसमा राखिएका अन्य ११ जनाले पनि आफूहरु समस्याका बीच बसिरहेको बताएका छन् । आफूहरु भारतबाट आएपछि यहाँ ल्याइएको र उपयुक्त सुविधा अभाव रहेको उनीहरुको गुनासो रहेको छ । सङ्क्रमितले प्रयोग गर्ने शौचालयमा जानु परेको, शौचालयको अवस्था हेर्न लायक नभएको, बेन्चमा सुत्नु परेको, पिउनलाई तातो पानी नभएको, महिला/पुरुष दुवैले एउटै शौचालय प्रयोग गर्नु परेको लगायतको गुनासो उनीहरुकाे छ ।

Recent Update