October 25, 2020, Sunday
२०७७ कार्तिक ९

सल्यानमा गएराति बस दुर्घटनामा एक जनाको निधन

228

सल्यानमा गएराति गाडी दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने अन्य ३ जना घाईते भएका छन । शारदा नगरपालिको काटिगाउँबाट दुलधारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५नम्बरको बस काटीगाउँमा दुर्घटना हुँदा गाडी सहचालक सुजन नेपालीको निधन भएको हो ।


तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ४ का १८ वर्षिय नेपाली को उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भिर घाइते नेपालीलाई थप उपचारको लागी राति नै नेपालगन्ज पु¥याइएको थियो ।

दुर्घटनामा शारदा नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षिय सुरेन्द्र सिजुवाल, शोही ठाउँ बस्ने २८ वर्षिय थमन चलाउने , शारदा नगरपालिका ५ को २७ वर्षिय खेमराज बुढाथोकी घाइते भएको प्रहरीले जानकारि दिएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा भैरहेको छ । बस सडक बाट ५० मिटर तल खसेको पनि प्रहरीले जनाएको छ ।

Recent Update