October 25, 2020, Sunday
२०७७ कार्तिक ९

लकडाउनकाे कारणले सुनसान त्रिपुरा सुन्दरी

1.7K

दशैकाे अष्टमी र चैते दशैमा निकै भक्तजनहरुकाे भिडभाड हुने राेल्पाकाे खुंग्रीमा अवस्थित त्रिपुरासुन्दरी मन्दिर धेरै मानिसहरुले धार्मिक आस्थाको धराेहरकाे रुपमा लिन्छन् ।यी दुई समयमा मात्रै हाेइन शनिबार र मंगलबार पनि देवीको पुजापाठमा मानिसहरुकाे घुइँचो हुने गर्छ ।धार्मिक तथा पर्यटकीय स्थल त्रिपुरासुन्दरी मन्दिर सुनिल स्मृति गाँउ पालिका २ खुंग्रीमा छ । याे मन्दिर व्यापक प्रचार भए काे पर्यटकीय मन्दिर हाे । माडि र लुङरी नदि काे केही सतह माथि समथल स्थलमा रहेको मन्दिर भाैगलिक अवस्थितिकाे हिसाबले पनि मनाेरम मानिन्छ ।मन्दिर वरपरकाे रमणीय वातावरण ,मन्दिरमा रहेका शिव,पार्वति ,गणेश भगवान लगाएत थुप्रै मुर्ति र अन्य कलात्मक दृश्यले मन आनन्दित हुने गर्छ । पाैराणिक काल सँग जाेडिएकाे मन्दिरकाे आफ्नै किंवदन्ती छ ।

यस मन्दिरमा २ जना पुजारी र १ जना सहायक पुजारीकाे व्यवस्था छ । काेराेना भाइरस महामारीको कारणले उत्पन्न लकडाउनले गर्दा आजभोलि मन्दिरमा पुजापाठकाे काम पुर्ण रुपमा अबरुद्ध छ । सधैं चहलपहल हुने मन्दिर आजभोलि सुनसान जस्तै छ । भक्तजनहरु बाट संकलन हुने मन्दिरकाे आर्थिक आम्दानी पनि ठप्प छ ।मासिक मन्दिरको राम्रो आम्दानी हुन्थ्यो पुजापाठ ठप्प हुदा आर्थिक आम्दानी पनि ठप्प छ मन्दिरका पुजारी हर्क गिरी भन्छन् ।काेराेना संक्रमितहरु प्युठान र राेल्पामा बढन थालेपछि छिटफुट मन्दिरमा आउने भक्तजनहरु पनि आउने क्रम न्यून रहेको छ ।

मन्दिर व्यवस्थापनकाे लागि अझै आर्थिक समस्या छ ।हाल एक जना पुजारीलाई मासिक १२ हजार र सहायक पुजारीलाई पनि तलबकाे व्यवस्था गरिएको छ भने हर्कले निशुल्क सेवा गर्छन् । अन्य काममा पनि मन्दिरकाे मासिक खर्च हुने गर्छ । यस क्षेत्रकाे धार्मिक तथा पर्यटकीय महत्त्व बाेकेकाे मन्दिरलाई थप विकसित गर्न स्थानीय सरकार बाट पनि पहल गरिने वडा अध्यक्ष नेत्रलाल गिरी बताउछन् ।

अहिले मन्दिर आर्थिक अभावमा छ मन्दिर व्यवस्थापन समिति सँग सहकार्य गरेर लकडाउन खुलेपछि थप गतिविधि अगाडि बढाइने अध्यक्ष गिरी बताउछन् ।उक्त मन्दिर प्युठान जिल्ला र राेल्पा जिल्लाकाे सिमाना रहेकाले पनि दुबै जिल्लाका मानिसहरु सधैं चहलपहल हुने मन्दिर हाे । विषेश पुजापाठकाे समयमा छिमेकी जिल्लाहरु प्युठान दाङ ,रुकुम ,सल्यान ,अर्घाखाँची आदि जिल्ला बाट समेत मानिसहरु दर्शन गर्न पुग्छन् ।खुंग्रीमै धार्मिक आस्था बाेकेकाे अर्को चर्चित मन्दिर छ । त्रिपुरा सुन्दरी मन्दिर भन्दा १५ मिनेटकाे दुरीमा रहेको चतुर्भुज मन्दिरमा पनि दैनिक पुजापाठ हुन्छ ।उक्त मन्दिर पनि आजभोलि सुनसान छ ।श्रिपञ्चमिकाे समय भब्य मेला लाग्ने उक्त मन्दिर पनि धार्मिक आस्थाकाे धराेहरकाे रुपमा मानिसहरु दर्शन गर्छन्।

Recent Update