September 19, 2021, Sunday
२०७८ आश्विन ३

प्रहरी नियमावली संशोधन गरेर सइ र असइ बढुवामा अब यस्तो नियम लागू हुने

14.8K



नेपाल प्रहरीको सइबाट इन्स्पेक्टर तथा हवल्दारबाट असइमा बढुवा गर्दा नयाँ नियम बनाइएको छ । अब एक वर्षसम्म रिक्त हुने पदको सुरुमै गणना गरेर रिक्त हुनेमध्ये ४० प्रतिशत पदमा बढुवा गरिने भएको छ । 

त्यही प्रावधानअनुसार हालै ९८ जना सइलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ । ०७९ को असार मसान्तसम्म दुई सय ४४ इन्स्पेक्टरको पद रिक्त हुने भएकाले त्यसको ४० प्रतिशत पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।

नयाँ भर्नाबाट पूर्ति गर्न समय लाग्ने भएकाले पहिले नै रिक्त हुने पदमा बढुवा गर्ने पद्धति लागू गरिएको हो । निजामती प्रशासनमा पहिलेदेखि नै यस्तो प्रावधान छ । यसले एकातर्फ पदहरू लामो समय रिक्त हुने र अर्काेतर्फ बढुवामा ढिलाइ हुने दुवै समस्या समाधान हुने प्रहरी अधिकारीहरू बताउँछन् । 

हालै संशोधन प्रक्रिया अघि बढाइएको नियमावलीमा इन्स्पेक्टरका रिक्तमध्ये ५० प्रतिशत पदमा बढुवा गर्ने प्रस्ताव गरिएको छ । हाल भर्नाबाट ६० तथा बढुवाबाट ४० प्रतिशत पदपूर्ति हुने गरेको छ । बढुवाको कोटा कम हुँदा सइबाट इन्स्पेक्टर बढुवामा १८ वर्षसम्म लागे पनि नियमावली संशोधन गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।