September 19, 2021, Sunday
२०७८ आश्विन ३

पब्जी र फ्रि फायर जस्ता अनलाइन गेम बन्द गर्न सरकारलाई सांसदको आग्रह

337

अनलाइन गेमकाको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै तत्काल बन्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन्। उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन्। उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन्। पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम बन्द गरियोस्।’