September 19, 2021, Sunday
२०७८ आश्विन ३

सवा लाख नगद र साढे ५ किलो चरेससहित दुई जना पक्राउ

386

कैलालीमा सवा लाख नगद र साढे ५ किलो चरेससहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ०८ गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरिएको हो।

गौरीगंगा नगरपालिका वडा नं. ११ शिवपुर बस्ने वर्ष ४० का गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३५ का धनबहादुर धामीलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ५ किलो ५०० ग्राम चरेस र एक लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।