September 19, 2021, Sunday
२०७८ आश्विन ३

अमिक शेरचन लुम्बिनी र तिलक परियारलाई प्रदेश २ को प्रमुखमा सिफारिस

156

माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई र प्रदेश २ मा प्रदेश प्रमुखमा परियारलाई नियुक्ति गर्न सिफारिस गरेको छ।

माओवादी केन्द्रले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका दुई जना प्रदेश प्रमुखलाई पुनःनियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेश प्रमुख रहेर हटाइएका अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन माओवादीले नेताहरु सहमत भएका हुन्। शेरचन गण्डकी र परियार प्रदेश २ का प्रदेश प्रमुख थिए। ओली सरकारले दुवै जनालाई प्रदेश प्रमुखबाट हटाएको थियो।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।