September 19, 2021, Sunday
२०७८ आश्विन ३

एक किलोभन्दा बढी तौलको सुनसहित एकजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

214

प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो ।

हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौं आएका परियारले ल्याएको कफि मेकरको उपकरण बनाएर सुन ल्याएका थिए । प्रहरीले शंका लागि चेकजाँच गर्दा सुन बरामद भएको हो । उनले फलामे कपको तीनपत्रमा एकपत्र सुनको बनाएका थिए ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले सुन पठाउने दुबईमा बस्ने राजु केसी भएको बताए । उनले परियारलाई भरियाका रुपमा सुनले भरिएको कफि मेशिन दिएर पठाएको बताए ।

‘पठाउनेको नाम खुलेको छ,’ उनले भने, ‘हामी काठमाडौंमा पाउने ब्यक्तिको खोजी गरिरहेका छौं ।’ प्रहरीले परियारलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।