September 19, 2021, Sunday
२०७८ आश्विन ३

मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

1.1K

तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए ।

सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेका छन् ।केही चलेका फेसबुक पेजहरुले समेत मृत्यु भनेर हल्ला चलाएका थिए ।प्रहरीले यस्तो हल्ला फैलाउनेलाई अनुसन्धान सुरु गरेको जनाएको छ ।अहिले उनी घरमा भएको खबर सार्वजनिक भएपछि धेरैले स्टाटस डिलिट गर्न थालेका छन् ।