October 25, 2020, Sunday
२०७७ कार्तिक ९

चितवनमा एक काेराेना संक्रमितकाे निधन

477

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको कलेजको दावी छ ।चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

Recent Update