September 19, 2021, Sunday
२०७८ आश्विन ३

बस चालक सहित ४० लाख बढीको अवैध सामान रहेको बस प्रहरी नियन्त्रणमा

381

सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले काठमाडौँदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।

बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्ष ४१ का दल बहादुर बोहरा रहेको र बसलाई आवश्यक कारबाहीका लागि लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको छ ।