September 19, 2021, Sunday
२०७८ आश्विन ३

जय नेपाल चोक र नक्साल भगवती चोकमा नयाँ ट्राफिक लाइट

442

काठमाडौ उपत्यकाकाे सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन ट्राफिक प्रहरी महाशाखाले तिव्र गतिमा काम गर्दै आएको छ ।उपत्यकाका विभिन्न ठाउँमा विभिन्न संघसंस्थाकाे सहयोग तथा सहकार्यमा ट्राफिक लाइटहरु जडान गरेर सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरुवात गरिएको हाे ।उपत्यकाका अधिकांश ठाउँमा अहिले ट्राफिक लाइटहरु जडान भएर संचालनमा छन् ।शुक्रबार कमलपाेखरी जय नेपाल हल र नक्सालमा ट्राफिक लाइट जडान गरिएको छ ।

उक्त कार्यक्रममा ट्राफिक प्रमुख एसएसपी जनक भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको बताएका छन् । प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको भट्टराईले बताए । एसएसपी भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए।

काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।कार्यक्रममा कार्यक्रममा प्रहरी उपरीक्षक सन्जीब शर्मा दास , प्रहरी नायव उपरीक्षक,प्रहरी अधिकारीहरुकाे सहभागीता रहेको थियोे ।कमलपोखरी ट्राफिक प्रमुख सुनिल कार्कीको विशेष पहलमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।