July 2, 2022, Saturday
२०७९ असार १८

विदेशीएका युवाहरुकाे पसिना बाट संकलन गरेको राहत खाेलामा बगाइयाे

2K

खाेलामा बग्दै गरेको खाद्यान्न सामाग्री

काेराेना भाइरस महामारीकाे कारणले दैनिक मजदुरी गरि पेट पाल्ने विपन्न परिवारलाई वितरणकाे लागि संकलन गरिएको राहत जनप्रतिनिधिकाे निर्देशनमा खाेलामा बगाइएकाे छ । बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका वडा नम्बर ४ बाट बिदेश गएका युवाहरूको सञ्जाल प्रवासी युवा संञ्जाल ढुरले संकलन गरि पठाएको एक ट्याक्टर राहत शनिबार दिउँसो खाेलामा जनप्रतिनिधिहरुले बगाइदिएका छन् । राहत वितरणकाे लागि गाउँमा लिदै गरेको ४५ बाेरा चामल १०० किलो दाल लगाएतकाे खाद्यान्न सामाग्री ट्याक्टर बाट झिकेर खाेलामा बगाइदिएकाे युवाहरुले बताएका छन ।

राहत वितरण काे लागि किनिएकाे सामानकाे बिल

४ नम्बर वडा अध्यक्ष तिलक पुनकाे निर्देशनमा वडा सदस्य तिल बहादुर फगामीकाे नेतृत्वमा लुकुरखाेला उत्तिसिना घाटमा खाद्यान्न सामाग्रीहरु बगाइएकाे हाे । हामीहरु सामान लिएर गाउँ तर्फ जादै थियौ बाटोमा लुकेर बसेका रहेछन् ,हामीलाई कुटपिट गरे सामान खाेलामा बगाइदिए ,नगद तीस हजार पनि लुटेर लिए एक युवाले बताए ।

खाद्यान्न राहत खाेलामा बगाउन निर्देशन दिने वडा न. ४ का वडा अध्यक्ष तिलक पुन

उक्त राहत कुटिखाेला,घिरी,फलामखानी,झारसाक्षि,किरी लगाएतकाे ठाउँका विपन्न तथा दिर्घराेगिहरुलाई वितरण गर्न लगिदै थियोे ।वडा सँग समन्वय नगरेको भन्दै उक्त सामाग्री खाेलामा बगाएको बताइएकाे छ ।वडा अध्यक्षकाे निर्देशनमा भएको उक्त कार्यकाे चाैतर्फि कडा आलोचना गरिएको छ ।राष्ट्रिय जनमाेर्चा बाट निर्वाचित वडा अध्यक्ष तिलक पुनले राहत वितरण तथा वडा बाट वितरण हुने अन्य सेवा सुविधामा समेत विभेद गर्दै आएको स्थानीयबासीहरुकाे आराेप छ । हामीले गरिव तथा विपन्नहरुकाे लागि बिदेशमा पसिना बगाएर कमाएको रकम बाट संकलित राहत खाेलामा बगाउनु आफैं कुर र अपराधी कार्य भएको एक युवाले बताए ।यस बिषयमा वडा अध्यक्ष सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन