September 19, 2021, Sunday
२०७८ आश्विन ३

प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवै पक्राउ

182

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

यही साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी हुन आएका दर्ता नं ४९१७१ का उम्मेदवार रोशन शाहीले अन्तरवार्ता दिने क्रममा शङ्कास्पद कुरा गरेको र लेख्न लगाउँदा लेख्नसमेत नजान्दा सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

सो क्रममा उनीले रु एक लाख दिएर आफ्नै गाउँका लोबनलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको उनले बताए । नायब उपरीक्षक घर्तीका अनुसार पक्राउ परेको दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।