September 19, 2021, Sunday
२०७८ आश्विन ३

लेनदेनकाे विषयमा कुटपिट हुदा १ जनाको मृत्यु,एक जना प्रहरीकाे नियन्त्रणमा

473

जाजरकोटमा लेनदेनकाे विषयमा कुटपिट हुदा १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा न : ८ जनतलाका ३५ बर्षिय इन्द्र बहादुर सिंह रहेका छन् । कुटपिटबाट आज सिंहको आफ्नै घरमा मृत्युु भएको हाे ।

२६ वर्षका विमल प्रकाश सिंहले लेनदेनकाे विषयमा कुटपिट गर्दा उनको निधन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख डिआइजि गणेश बहादुर ऐरले बताए । घटनामा संलग्न विमल प्रकाश सिंहलाई घटना घटेको १२ घण्टा भित्रै प्रहरीले नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी ऐरले बताए । प्रहरीले आराेपीतलाई बिहान १० बजे जिल्लाको भेरी नगरपालिका वडा २ को बाहुनथाना स्थित सडकबाटोमा भाग्ने क्रममै समाउन सफल भएको डिआइजी ऐरले बताए ।

केही दिन यता कर्णालीमा व्यक्ति हत्याका घटना बढेका छन् ।अघिल्लो हप्ता रुकुम पश्चिममा पनि एक महिलाको हत्या भएको थियोे ।प्रहरीले उक्त हत्यामा संलग्नता दुई नाबालकलाई पनि तत्काल पक्राउ गरेको थियोे ।डिआइजी ऐरले हत्या घटनाका आराेपित तथा दाेषीलाई समाउन प्रहरीले अनुसन्धानमा सबै संयन्त्र प्रयाेग गर्दै आएको बताए ।नागरिकहरु पनि अपराध अनुसन्धानमा सहयोगी बनेकाले यस्ता घटनाका आराेपितहरु समयमै पक्राउ पर्ने गरेको बताए ।