September 19, 2021, Sunday
२०७८ आश्विन ३

२ लाख नगदसहित ९ जना जुवाडे पक्राउ

106

जुवातास खेलिरहेको अवस्थामा रौतहटमा ९ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलको कोठा नम्बर ३०१ मा उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुबाट नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ, ४ सय १२ पत्ती तास र वाइल्ड किंग लेखिएको सिलप्याक तास बुक ८ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।