September 19, 2021, Sunday
२०७८ आश्विन ३

सरुवा बढुुवामा अनियमिता भएको छैन :नेपाल प्रहरी

905

नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवा,बढुवामा अनियमितता नभएको स्पष्ट पारेको छ । सरुवा, बढुवामा आर्थिक अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा प्रहरी प्रधान कार्यालयले नियमसम्मत रुपमा प्रहरी संगठन चलिरहेको दाबी पनि गरेको छ ।
सरुवा,बढुवाजस्ता वृत्ति विकासका अवसरहरु स्थापित सर्वमान्य विधि र पद्धतिका आधारमा निष्पक्ष, पारदर्शी र नियम सम्मत रुपमा कार्यान्वयनमा आइरहेको प्रहरीको भनाइ छ । प्रहरीले तथ्यहीन समाचारको भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

‘नेपाल प्रहरीमा नियमित हुने सरुवा, बढुवा जस्ता वृत्ति विकासका अवसरहरु संगठनको स्थापित सर्वमान्य विधि र पध्दतिका आधारमा निष्पक्ष,पारदर्शी र नियमसम्मत रुपमा कार्यान्वयनमा आइरहेको व्यहोरा सबैमा विनम्रतापूर्वक जानकारी गराउँदै यस्ता किसिमका अत्यन्त मनोगत, भ्रामक,कपोलकल्पित र तथ्यहीन समाचारको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।