September 19, 2021, Sunday
२०७८ आश्विन ३

लागूऔषध सहित एक महिला पक्राउ

164

चितवनको भरतपुर–११ बाट अबैध लागूऔषधसहित एक जना महिला पक्राउ परेकी छन् । सानु तामाङको घरमा लागूऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले घर खानतलासी गर्दा सानु तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उक्त घरमा सानु तामाङलाई फेला पारी उनको शरीर खानतलासी गर्दा सानु तामाङले लगाएको सुरुवालको बाँया खल्तीबाट लागुऔषध डाइजेपाम, फेनरागन, ब्युप्रिनोर्फिन ९–९ एम्पुल फेला पारिएको छ ।

त्यस्तै, उनको घर कोठामा राखिएको काठको दराज भित्रको कालो रङको सेतो सोल भएको जुत्ताभित्र लागूऔषध डाईजेपाम, ब्युप्रिनोर्फिन, फेनरागन ९–९ एम्पुल गरी जम्मा १८ एम्पुल डाइजेपाम, १८ एम्पुल ब्युप्रिनोर्फिन, १८ एम्पुल फेनरागन लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी तामाङलाई चितवन जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थापाले बताए ।