September 19, 2021, Sunday
२०७८ आश्विन ३

काेरिया जनसम्पर्क समितिद्वारा उडान खाेल्न र इपिएस श्रमिक छिटो पठाउन माग

1.4K

नेपाली काँग्रेसकाे अन्तर्राष्ट्रिय संगठन नेपाली जन-सम्पर्क समिति दक्षिण कोरियाले कोरिया स्थित नेपाली दूतावास मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

लामो समय देखि नियमित उडान रोकिएको कारण नेपालीहरु कोरिया देखि नेपाल जादा र फर्किदा महँगो चार्टर्ड उडानको मारमा परिरहेको अवस्थामा जन सम्पर्क समितिले छिटो भन्दा छिटो नियमित उडान खोल्नु पर्ने माग राख्दै ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

त्यसैगरी इपिएस मार्फत नेपालबाट कोरिया आउने सम्पूर्ण प्रक्रिया पुरा गरेर रोकिएका नेपालीहरु लाई कोरिया पठाउन पहल गरिदिन हुन पनि ध्यानाकर्षण गराएको हो।साथै लामो समय देखि नियमित उडान बन्द हुँदा कोरियाबाट नेपाल जाने र फर्कने यात्रुले मँहगो भाडा तिरेर चार्टर्ड उडानको प्रयोग गर्न बाध्य छन् ।

सिओल स्थित नेपाली दूतावासमै पुगेर ज्ञापनपत्र बुझाउदै कार्यबाहक राजदूत राम सिंह थापालाई आइतबार दुतावास खोलेर नेपालीहरु लाई सुबिधा दिन पनि अनुरोध गरेको सभापति आस्था बिन्दु मल्लले बताइन ।ज्ञापनपत्र बुझाउन सभापति मल्ल सँगै जनसम्पर्क समितिका अन्य पदाधिकारी पनि सहभागी भएका थिए ।