September 19, 2021, Sunday
२०७८ आश्विन ३

प्रहरीलाई पत्रकार,अरुलाई प्रहरी हु भन्दै ठग्ने खनाल पक्राउ

611

प्रहरी अधिकारीसँग पत्रकार भनी परिचय दिने र अन्यलाई प्रहरी भनी ‘घुस लिने’ खेमराज खनाल पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले खनाललाई बालाजुबाट पक्राउ गरेको हो।

प्रहरीसँग भेट्दा घाँटीमा मिडियाको कार्ड रसर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको एक प्रहरी अधिकारीले पुष्टि गरेका छन्।प्रहरीका हाकिमसँग काँध जुधाएर फोटो खिच्दै फेसबुकमा पोष्ट गर्ने खनाले धेरैलाई ठगि गरेको प्रहरीको अनुमान छ ।

उनले नेपालगन्जका एक व्यक्ति बाट प्रहरी बनाइदिन्छु भन्दै एक लाख पचास हजार ठगेको अडियो संवाद सार्वजनिक भएको थियोे ।उनलेे सल्यानका एक व्यक्तिको पनि प्रहरी बनाइदिन्छु भन्दै ठगि गरेको बुझिएको छ ।प्रहरीले विस्तृत अनुसन्धान गरिरहेकाे बताएको छ ।