March 7, 2021, Sunday
२०७७ फाल्गुन २३

काेराेना भाइरस बाट विश्वभर मृत्यु हुनेकाे संख्या पाँच लाख नाघ्याे

290

कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ।कुल सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख जनाभन्दा बढी छ।सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्।त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि सबैभन्दा बढी २५ लाख जनाभन्दा धेरै छ।डढेलो जस्तो सङ्क्रमणअमेरिकामा सङ्क्रमण झन् बढ्ने चिन्ता अधिकारीहरूमा पाइन्छ।

भाइरसले दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ र त्यो जुलाई महिनामा उच्च विन्दुमा पुग्ने ठानिएको छ।विश्वका कुल सङ्क्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्।बीबीसीका एकजना संवाददाता भन्छन्, “अधिकांश युरोपली देशहरूले त्यहाँ स्थिति नियन्त्रणमा रहेको विश्वास गरिरहेका बेला अमेरिकामा भने सङ्क्रमण जङ्गलमा लागेको डढेलो जसरी फैलिरहेको छ।”स्रोत बिबिसी