November 27, 2020, Friday
२०७७ मंसिर १२

नेपालमा कोरोना भाइरसः संक्रमित १४ हजार भन्दा बढी, चार हजार डिस्चार्ज र ३० जनाको मृत्यु

552

काठमाडौं – नेपालमा थप ४८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार  नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या चार हजार ६ सय ५६ जना पुगेको छ ।

९ हजार ३ सय ६० जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ४ हजार आठ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ४८ हजार ३ सय ६२ जना रहेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

Recent Update