October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

कांग्रेसले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने

378

काठमाडौं- नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार भएको पार्टी केन्द्रीय समितिको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालमा शोक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो ।

पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने बताएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएकामा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

उनको निधनबाट पार्टीले एक निष्ठावान् एवं कुशल महिला नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै सभापति देउवाले पार्टी र आफ्नातर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैबीच कांग्रेस संसदीय दलले प्रतिनिधिसभा सदस्य एवं पार्टीकी नेत्री ज्ञानकुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको बुधबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

Recent Update