February 25, 2021, Thursday
२०७७ फाल्गुन १३

एक युवतीले फेसबूक लाइभमा झुण्डिएर आत्महत्या

227

काठमाडौं – दाङकी एक युवतीले फेसबूक लाइभमा आएर झुण्डिएर आत्महत्या गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले पछ्यौरीले पासो लागाएर आत्महत्या गरेकी हुन् ।

तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले झुण्डिएर आत्महत्या गरेकी हुन् । बुधवार राति फेसबूक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले आत्महत्या गरेको पुष्टि गरे ।

युवतीले किन आत्महत्या गरिन् भन्ने खुलेको छैन ।